१२ बैशाख २०८१, बुधबार
Header

बर्डफ्लु नियन्त्रणकाका लागि काभ्रेको ३ नाकामा चेक प्वाईन्ट राखिने


प्रकाशित: मंगलवार, ५ चैत्र २०७५, ११ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंलगायत विभन्न जिल्लाका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि काभ्रेपलान्चोक जिल्लाको ३ नाकामा चेक प्वाईन्ट राखिने भएको छ । 


भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको हो । 


काभ्रेको मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जानकारी दिए ।


डा. शाहका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ । 


नेपाल भेटेरिनरी एशोसिएशनले पक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ । 


केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै विपी राजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडाँैबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राख्ने भएको हो । 
आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ । 


सरकारद्वारा विसं २०७४ मा जारी संशोधित आदेशमा बर्डफ्लू रोगको रोकथाम र नियन्त्रण गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समिति रहने उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD