काठमाडौं । हिलो, आहाल र धुलोको बिच चावहिल –साँखु सडकको यात्रा गरिरहेका सर्वसाधारणले पिच सडक कहिले पाउने टुंगो छैन ।
चावहिल–साँखु सडक बर्षाअघि नै सक्ने लक्ष्यका साथ काम थालिएको भएपनि ५० प्रतिशत काम मात्र भएको छ ।
अहिले सम्म १ किलोमिटर जति मात्रै कालोपत्रे सो सडकको धेरै खण्डमा कामै सुरु हुन नसकको ्आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठको भनाई छ ।
चावहिलबाट बौद्ध–जोरपाटी–दक्षिणढोका–मुलपानी–थली–साँखु पुग्ने करिव साढे १२ किलोमिटर रहेको सो सडक निर्माण हुन समय कति लाग्ने अझै अनिश्चित रहेको छ ।
समयमै सक्ने भन्दै आयोजनाले पाँच वटा प्याकेज बनाएर ठेक्का लगाएको भएपनि स्थानीयको अवरोध, मुआब्जा विवाद लगायतका कारण काम सुरु हुन नसकेको ठेकेदारहरुको भनाई छ ।
चार बर्ष अघिबाट सडक विस्तारको काम सुरु भएको यस सडक निर्माणमा अहिले सम्म साढे ८८ करोड रुपैयाँ खर्च भैसकेको छ । यो करिब १ अर्ब ७४ करोड रुपैयाँ बराबरको ठेक्का आयोजना हो ।
यस सडक निर्माणको लािग विभिन्न ५ प्याकेजमा ठेकेदारहरुलाई यसै आ.व.मा सकाउन लागि ठेक्का सम्झौता भएपनि यो आ.व.मा काम हुने कुनै छाँटकाट छैन ।
Categorized in समाज