काठमाडौैँ । वरिष्ठ हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठ यो बर्ष ‘वसुन्धराश्री पुरस्कार’बाट सम्मानित हुने भएका छन ।
वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले बरिष्ठ हास्यव्यङ्ग्यकार श्रेष्ठलाई सो प्रस्करा प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी मह जोडीका अर्का हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई सम्मानपत्रसहित रु ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
Categorized in मनोरन्जन