८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

बरामद गरिएको सुनसहित ब्रेक शुको तौल १५५ केजी, विमानस्थलमा थप सुनको खोजी जारी


प्रकाशित: बुधवार, ४ साउन २०८०, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । हिजो विमानस्थलबाट बरामद बरामद गरिएको सुनसहित ब्रेक शुको तौल १५५ केजी रहेको पाइएको छ। 

 
बुधवार टक्सार महाखामा गरिएको तौलचाँजमा सो परिमाणमा रहेको महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए । बरामद गरिएको सुन ८ वटा पोकामा रखिएको छ । 


यता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भए पनि थप सुन हुनसक्ने भन्दै अपरेशन जारी राखिएको छ । 


थप सुन लुकाएर राखेको हुनसक्ने आशंकामा काठमाडौंका विभिन्न ठाउँमा खोजी भइरहेको बुझिएको छ । 


मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा आएको सो सुन स्कुटर र बाईकको ब्रेक शुमा लुकाइएर ल्याएको थियो । 


विमानस्थलामा रहेको १३ वटा प्याकेजको चेक जाँच गर्न बाँकी रहेको अधिकारीहरुले बताएका छन । 


यस प्रकरणमा प्रहरील ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन । 


एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन । बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ।  उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो ।

 
यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ ।

 

* यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ।  
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika