५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बम्पर उपहारको नाममा बैंकमा रकम जम्मा गराउने ४ जना ठग पक्राउ


प्रकाशित: मंगलबार, २९ जेठ २०७२, १२ः४८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । बम्पर उपहारको नाममा सर्वसाधारणलाई बैंकमा रकम जम्मा गराउने ४ जनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

 
चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेकोले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, वडा नं १९ का वीरनारायण चौरसिया र वडा नं २ छपकैयाका राहुलकुमार राउत रहेको जनाएको छ ।

 
वीरगञ्जका एक व्यक्तिलाई २५ लाख भारतीय रुपैँयाको चिठ्ठा परेको भन्दै करबापत रु एक लाख माग गरी रकम झिक्ने क्रममा चारैजनालाई वीरगञ्जको भेडियाहीबाट पक्राउ गरिएको हो ।

 
पक्राउ परेका युवाबाट प्रहरीले रु एक लाख पाँच हजार, ठगीमा प्रयोग भएका चार थान मोबाइल, आइएमआइको सातवटा भौचर, विभिन्न बैंकका एटिएम कार्डलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex