३ भाद्र २०८३, बुधबार
Header

बमजनको आश्रममा प्रहरीको छापा


प्रकाशित: शुक्रवार, २० पुष २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । विगतमा तपस्वी भएर चर्चामा आएका र अहिले यौन हिंसा, अपाराध लगायत कार्यमा संग्लन भएको आरोप लागेका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित  आश्रममा  प्रहरीले छापा मारेको छ । 


केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को विशेष टोलीले शुक्रवार विहान ११ बजेतिर बडगाउँमा रहेको  आश्रममा छानविन सुरु गरेको छ । 


पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा बमजनले आश्रमा रहेकी आनीहरुलाई गर्ने यौन दुव्र्यवहार, आनीहरु वेपत्ता पार्ने, हत्या लगायतका समाचार प्रकाशित भएपछि सिआईवी टोली अनुसन्धानमा लागेको हो । 


सिआईबीसहितको प्रहरी टोली फिल्डमा परिचालन गर्ने जिम्मा सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले पाएका छन्।


बमजन अनुसन्धानको लागि सिआईबी प्रमुख निरज शाही, मकवानपुरका एसपी बुद्धि गुरूङ र सिन्धुपाल्चोकका एसपी मरासिनीलाई परिचालन गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex