१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बबरमहलमा मध्यमस्तरीय करदाता कार्यलय स्थापना


प्रकाशित: सोमबार, १ असोज २०७५, १३ः०२ बजे
- महानगरखबर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बबरमहलमा मध्यमस्तरीय करदाता कार्यलको उद्घाटन गरेको छ । 


मन्त्री खतिवडाले सबै क्षेत्रलाई करको दायरमा ल्याउने गरी काम गर्न जरुरी रहेको बताए । सरकारले नयाँ करयोग्य क्षेत्रको पहिचान गरी अघि बढ्न खोजेको समेत उनले बताएका छन् । 


सरकारले साविकका आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १,२ र ३ खारेज गर्दै मध्यमस्तरीय करदाता कार्यालय स्थापना गरेको हो । 


यो कार्यालयलाई ४० देखि ८० करोड वार्षिक कारोबार गर्ने व्यावसायिक प्रतिष्ठान हेर्ने गरि क्षेत्र तोकिएको छ । 


अर्थ मन्त्रालयले सहसचिव झक्कप्रसाद आचार्यको नेतृत्वमा कर्मचारी कार्यालयमा खटाएको छ । यो कार्यालयलाई चालु आर्थिक वर्षमा १८ अर्ब रूपैयाँ कर असुली गर्ने लक्ष्य दिइएको छ । यो कार्यालय अन्तर्गत ८३३ करदाता रहनेछन् । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex