२२ बैशाख २०८१, शनिबार
Header

बबरमहलमा बटन थिचेर जेब्रा क्रसको शुुभारम्भ भएपछिका तस्वीरहरु


प्रकाशित: सोमवार, ११ मंसिर २०८०, १८ः१५ बजे
- अजयकुमार खड्गी

काठमाडौं । जिल्ला अदालत काठमाडौंस्थित बबरमहलको सडकमा ट्राफिक लाइटको बटन थिचेर पैदल यात्रुहरुले जेब्रा क्रस गर्ने कार्यको शुभारम्भ भएको छ ।


सोमबार विहान काठमाडौं महानगरपालिका वडा ११ का अध्यक्ष हिरालाल तण्डुुकार, सडक सुरक्षा बिज्ञ प्रशान्त खरेल, ट्राफिक प्रहरी लगायतको उपस्थिती सो सेवाका उद्घाटन गरिएको हो । 


काठमाडौँ महानगरपालिकाले करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च गरेर अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरेको हो । 

 


यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो । 


महानगरपालिकाको सडक सुरक्षा बिज्ञ खरेलले पैदलयात्रीले स्वीच थिचेपछिको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्ने जानकारी दिए । 


एक पटक थिचेपछि ३० सेकेण्ड बत्ती बल्छ र पहिलो ३० सेकेण्ड बत्ती बलेको अवधि सकिएपछिको  २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्ने उनले बताए । 

 


यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप भएको र  पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका कारण मानवीय सुरक्षालाई ध्यानमा राखेर प्रणाली जडान गरिएको छ ।


महानगरपालिकाका ३६ वटा विद्यालय क्षेत्रमा प्रणाली विकास गर्ने योजना रहेको विज्ञ खरेलको भनाई छ ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD