४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बन्दुक बनाउने कारखाना भेटियो, एक पक्राउ


प्रकाशित: बुधवार, २६ मंसिर २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौ । प्रहरीले पाँचथर जिल्लाको एक गाउँपालिकामा बन्दुक बनाउने कारखाना फेला पारेको छ । 


पाँचथरको याङवरक गाउँपालिकामा शान्ताबहादुर बिकको घरमा रहेको आरनमा बन्दुक बनाउने गरेको भेटिएको प्रहरीले जनाएको छ । 


प्रहरी चौकी फलैचाबाट खटिएको टोलीले गाउँपालिकाको वडानम्बर–३ को ओयाम भन्ने ठाउँमा कारखाना नै सञ्चालन भएको पत्ता लगाएपछि अनुसन्धानको क्रममा आरनबाट ५ नाल भरुवा बन्दुकको पार्टपूर्जासहित हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय बुद्धिमान बिकलाई प्रहरीले पकाउ गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex