१४ बैशाख २०८१, शुक्रबार
Header

बन्चरेडाँडालाई मेलम्ची बनाउन खोजियोः राज्यमन्त्री मानन्धर


प्रकाशित: मंगलवार, १४ माघ २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटलाई मेलम्ची बनाउन खोजेको बताएका छन ।


बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण कार्य रोकिएपछि सोमवार अनुगमन गर्न पुगेको राज्यमन्त्री मानन्धरले साइटलाई मेलम्ची बनाउन खोज्नेहरु सल्बलाएको टिप्पणी गरेका छन ।


काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण कार्य भईरहेको छ । 


राज्यमन्त्री मानन्धरले यो आयोजना तोकिएकै समयमा सक्नुको विकल्प नभएको बताउँदै आयोजनालाई दुहुनो गाई बनाउन खोज्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएको अनलाईनखवरमा प्रकाशित समाचारमा उल्लेख छ । 


उनले साईटलाई पनि मेलम्ची खानेपानी आयोजनाकै हालत बनाउने हरुको दिन सकिएको बताएका छन । 


स्थानीयहरुका अनुसार ल्याण्डफिल्ड साइट निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागको हेलचेक्र्याईंका कारण निर्माणस्थलमा अवरोध आएको भएको हो । 


आयोजना सम्पन्न गर्न सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD