३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बनेपामा बसका सहचालकमाथि सिरिन्ज आक्रमण


प्रकाशित: विहिवार, १९ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काभ्रेको बनेपामा विहिवार बसका एक सहचालकमाथि सिरिन्ज आक्रमण भएको छ । 


बनेपाको पुल बजारमा बेलुका काठमाडौँबाट आएको बा ४ ख २१३९ नम्बरको बसको सहचालकमाथि सिरिन्ज आक्रमण भएको हो । 


गाडीमा आएका यात्रुहरु झर्ने बेलामा उनीमाथि आक्रमण भएको बताइएको छ । सहचालकका अनुसार सेतो सर्ट लाएका पुरूष यात्रुले उनको कुहिनो नजिक तिखो बस्तु घोपेका थिए ।  


सो घट्नापछि बसका चालक र पिडीत सहचालक उजुरी दर्ता गर्न इलाका प्रहरी कार्यलय पुगेका थिए । 


यस पनि बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा बस्दै आएकी ३४ बर्षीय महिला माथि पनि सिरिन्ज आक्रमण भएको थियो । 


आक्रमणपछि महिला टेकुको शुक्रराज ट्रिपिकल हस्पिटलमा उपचार गर्न आएका थिए । 


उपत्यकामा सिरिन्ज आक्रमणको त्रास फैलाएको अभियोगमा पक्राउ परेका रामेछापका सन्तोष कार्कीले सिरिन्ज होइन ढलान काँटी प्रयोग गरेर युवतीहरुलाई घोचेका बयान दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex