१ भाद्र २०८३, सोमबार
Header

बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आगलागी


प्रकाशित: आईतवार, २२ फागुन २०७८, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आगलागी भएको छ । 


आइतबार बिहान १ बजेतिर भएको आगलागी भएकोमा ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।


काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।


उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भीका अनुमान छ । 


आगलागीबारे अनुसन्धान भईरहेको क्षतिको एकिन विवरण नआएको प्रहरीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex