१० भाद्र २०८३, बुधबार
Header

बत्ती गयो भनेर विदेशबाट फोन गरेर पनि भ्रम फैलाइयो


प्रकाशित: बुधवार, ७ जेठ २०८२, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै भ्रम फैलाउने काम भएको छ ।


बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै अनावश्यक दुःख दिन थालिए र भ्रम फैलाउने काम भएको बताएका हुन । 


मन्त्री खड्काले भने,‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन्। यसरी भ्रम फैल्याउने काम भएको छ। पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने ।’


उनले नेपालकै विभिन्न ठाउँमा बत्ती गएको भनेर फोन आएपछि बुझ्दा ती ठाउँहरूमा बत्ती नगएको पाइने बताए ।  


अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ । उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौं,ु उनले भने।

asteriskhubs
Home Page Bottom Second


maharjan complex