काठमाडौं । प्रहरीले काठमाडौको बत्तिसपुतलीको एक घरबाट शनिवार राती ७ लाख ६० हजार नगदसहित १३ जना जुवाडे पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार ७ लाख ६० हजार नगदसहित पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीमा राखिएको जनाएको छ ।
उनीहरुमाथि अनुसन्धान चलिएरहेको तथा जुवा ऐन अनुसार कार्वाही हुने प्रवक्ता बोगटीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय जुवा अप्रेसन चलाएको छ । दैनिक जसो देशका विभिन्न भागबाट जुवाडेहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
Categorized in समाज