३१ श्रावण २०८३, आइतबार
Header

बत्तिसपुतलीबाट स्रोत नखुलेको २६ लाख ५० हजारसहित चार जना पक्राउ


प्रकाशित: विहिवार, ४ पुस २०८१, १२ः०० बजे 
- महानगरखवर

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित काठमाडौंको बत्तिसपुत्तलीबाट चार जना पक्राउ गरेका छन । 


काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिबाट प्रहरीले बुधबार चार जनालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा उक्त प्रालिका सञ्चालक गुल्मीका ५२ वर्षीय भेषराज पाण्डे, भारको राजस्थान बस्ने ५२ वर्षीय बसन्तकुमार राठी, कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र ५२ वर्षीय सुरेश अधिकारी पक्राउ परेका हुन ।


बालाजी इम्पोर्टमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसर र प्रहरी वृत्त गौशालाबाट प्रहरी खटिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex