२२ बैशाख २०८१, शनिबार
Header

बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर कहाँ कति ?


प्रकाशित: आइतवार, १८ चैत २०८०, २१ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलको मूल्यमा बृद्धि गरेको छ । 


सोमबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलको भाउ प्रतिलिटर रु ४ बढाएको हो । 


भारतीय आयल कर्पोरेसन (आइओसी) ले डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाए पनि निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मल्य भने यथावत राखेको छ । 


पेट्रोलको मूल्य बढेसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ प्रतिलिटर पर्नेछ । 


त्यसैगरी, झापाको चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १७२ रूपैयाँ ५० पैसा प्रतिलिटर तिर्नु पर्ने हुन्छ । 


सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७४ रूपैयाँ प्रतिलिटर पर्नेछ । 


भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलको नयाँ मूल्य तोकेको हो । 


निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको हो । 


डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ ।


तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ ।


डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD