२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बढ्यो पट्रोलको मूल्य, पेट्रोल ११० डिजेल र मट्टितेल कति ?


प्रकाशित: शनिवार, १९ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल नेपालले आज राती १२ बजेदेखि लागु हुने हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 


पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएको छ । 


अब नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ । 


निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । 


मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ । 


आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको थियो । सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्य बृद्धि गरेको निगमले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex