काठमाडौं । सरकारले चालु आर्थिक बर्षको पहिलो महिना साउनबाट इन्टरेनट सेवामा कर दर बढाएपछि इन्टरनेट सेवाको मूल्य हवात्तै बढेको छ ।
मूल्य बृद्धिको असर सेवाग्रेही र सेवा प्रदायक संस्थामा धेरै नै पर्न जाने भएपछि सरकारले इन्टरनेट सेवाको मूल्य तोक्न समिति गठन गरेको छ ।
सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजनको प्रयास गरेको हो । सञ्चार मन्त्रालयको सहसचिव विरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आईएसपी एसोसिएसनका पदाधिकारीहरु सदस्य छन ।
एक हप्ताभित्रै नयाँ मूल्य सिफारिस गर्न भनिएको सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
सरकार भने मूल्य बृद्धिको असर नपर्ने दावी गर्दै आएको छ । ४ वर्ष अघिसम्म ४२ डलर प्रतिएमबीपीएसरप्रतिमहिना रहेको इन्टरनेट ब्याण्डविथको मूल्य हाल ८ देखि १० डलरसम्म ओर्लिएको छ ।
Categorized in प्रबिधि