काठमाडौं । बर्षाको कारण सडक अवरुद्ध हुँदा उपत्यकाको फोहर ल्याण्डफिल्ड लग्न कठिनाई भइरहेको छ ।
हिलाम्मे सडक र सिसडोलमा थुप्रीएको फोहरको लेदो बाटोमा खस्दा फोहोर बोक्ने गाडी जाने सडक अवरुद्ध भईरहेको अवस्था छ ।
गत जेठ महिनाबाट उपत्यकाको फोहोर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ तर असार लागेपछि बर्षाको कारण सडक पटक पटक अवरुद्ध भईरहने गरेको छ ।
एकातिर सडकको दुराअवास्था छ भने अर्को तर्फ भने स्थानीयले पटक पटक विभिन्न माग राख्दै विरोध गर्दा काठमाडौंको फोहोर नियमित नउठेको अवस्था छ ।
काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको आन्दोलन जारीनै रहेको कारणले पनि फोहोर विर्सजनमा समस्या आईरहेको छ ।
सडक मर्मत सम्माहारको काम पनि चलिरहेकोले गर्दा बेला– बेलामा फोहोरको गाडी जान नसक्ने अवस्था हुने गरेको विभागकी प्रमुख राईको भनाई छ ।
उपत्यकाको फोहोर व्यवस्थापन एकदमै चुनौति बन्दै गएको अवस्था छ । अहिले पनि सडकमा फोहोरको डंगुर चोक चोकमा देखिन्छ ।
उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहिबार २४० ट्रक फोहोर बञ्चरेडाँडा लगिएको थियो ।
Categorized in स्थानिय