१४ बैशाख २०८१, शुक्रबार
Header

बञ्चरेडाँडा चाँडै सञ्चालनमा ल्याउन द्रुत गतिमा काम हुँदै


प्रकाशित: विहिवार, २५ बैशख २०७७, १२ः४० वजे
- महानगरखबर

काठमाडौं । बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साडट निर्माणको कार्य द्रुत गतिमा सुरु भएको छ । 


सहरी बिकास मन्त्रालय र काठमाडौं महानगरबाट संयुक्त प्रयासमा बञ्चरेडाँडा चाँडै सञ्चालमा तयारी भइरहेको बताईएको छ । 


धादिङ् र नुवाकोट जिल्लाको सिमाना पर्ने यस साईटको वुधवार अनुगमनको लागि सहरी बिकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाढौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालसहित अधिकारीहरु बञ्चरेडाँडा पुगेका थिए ।


अवलोकन पछि सहरी बिकास मन्त्रालयका सचिव अधिकारीले भने, ‘यो आर्थिक बर्षको अन्तिमसम्ममा बञ्चरे डाँडामा फोहोर व्यवस्थापन कार्य थालनी गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको छ । ठेक्केदारलाई यसैअनुसार काम गर्न भनेका छौं ।’ 


काठमाढौं महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन थाल्नु र सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजर गर्नुलाई हामीले बिशेष महत्व दिएको वताए । 


फोहोर व्यवस्थापनसँग सम्बन्धित कामबाट कसैले पनि प्रभावित हुन नपरोस । यसका आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई सन्तुलित रुपमा व्यवस्थापन गर्ने प्रयासमा रहेको अर्यालको भनाई छ । 


बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी (कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । 


भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएपछिको तीनमहिनाभित्र ठेक्केदारलाई ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम भुक्तानी दिइसकिएको छ ।


पछि उक्त सम्झौता कोशी एण्ड न्पौपानेको स्वामित्व परिवर्तन भयो । यहीकारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसन वापत् ठेक्केदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण बुझाउन नसक्दा समस्या सुरु भयो । 
२०७६ पुष २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका (रिभाइज्ड बर्क सेड््युल) पेश ग¥यो । तर, पेश गरेको तालिका अनुसार काम हुन सकेन ।


बिकास सचिव मधुसुदन अधिकारीले भन्नुभयो — यो आर्थिक बर्षको अन्तिमसम्ममा बञ्चरे डाँडामा फोहोर व्यवस्थापन कार्य थालनी गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको छ । ठेक्केदारलाई यसैअनुसार काम गर्न भनेका छौं ।


यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अधिकारीहरुमाथि चिन्ता छ ।


फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएको सहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ ।


काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो ।

 
सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । 


उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ ।


उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेश्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरु फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौ स्थानमा परेका छन् ।


ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । काठमाडौंको शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ ।


महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ् जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD