काठमाडौं । अज्ञात समूहले काठमाडौंको फोहोर बोकेको गाडी तोडफोड गरेको छ ।
सिस्डोल(बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेको काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले बताएका छन ।
उनका अनुसार १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको छ ।
तोडफोड किन र कस्ले गरयो भने स्पष्ट हुन सकेको छ । सो घट्नापछि फोहोर व्यवस्थपनमा पुनः समस्या हुने देखिन्छ ।
फाईल तस्वीर
Categorized in स्थानिय