२२ बैशाख २०८१, शनिबार
Header

बझाङ भूकम्पको धक्का भारतको दिल्लीसम्म महसुुस 


प्रकाशित: मंगलवार, १६ असोज २०८०, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । सुदूरपश्चिमको बझाङ जिल्लामा दिउँसो भूकम्प गएको छ । 


मंगलबार दिउँसा २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 


त्यसैगरी, ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको थियो । 


जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहका अनुसार भूकम्पका कारण बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन । 

 


स्थानीय अधिकारीहरुका अनुसार मानिसहरु डराएर घर बाहिर आएका छन । भूकम्पले गरेको क्षतिबारे थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । 


यता विविसि हिन्दीका अनुसार भारतको एनसीआर क्षेत्रमा भूूकम्पको धक्का महसुुस गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD