१४ बैशाख २०८१, शुक्रबार
Header

बज्रयान विहारलाई महानगर थप १ करोड ५० लाख रुपैयाँ सहयोग


प्रकाशित: विहिवार, १७ चैत्र २०७८, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लुम्बिनीमा निर्माण भएको बज्रयान विहारको कलात्मक सौन्दर्य बढाउन थप एक करोड ५० लाख अनुदान सहयोग गरेको छ ।


बुधवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल परम्परागत बौद्ध धर्म, संघ लुम्बिनीको अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यलाई चेक हस्तान्तरण गरे । 


सो अवसरमा प्रमुख शाक्यले ‘हामीले लुम्बिनी सांस्कृतिक नगरसँग समन्वय गरेर सहयोग गरेका हौँ । काठमाडौँ केन्द्रीय राजधानी सहर भएकोले आफ्नो क्षेत्रबाहिर गएर पनि सहयोग गर्नुपर्छ । यसरी सहयोग गर्दा त्यहाँका पालिकासँग समन्वय गरेर काम गरेका छौँ ।’


नेपालमा निर्माण हुने विहारमा नेपालकै लगानी हुनुपर्ने र विदेशीले बनाएको विहारमा नेपालीपन हुँदैन । नेपाली शैलीका विहार आफ्नै लगानीमा गर्नुपर्ने प्रमुख शाक्यको भनाई थियो । 


विहार बनाउन अहिलेसम्म करिब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड लगानी चाहिन्छ । यसमध्येको १ करोड ५० लाख रुपैयाँ महानगरले उपलब्ध गराएको हो ।


महानगरपालिकाले यस अघि ४ करोड २९ लाख १८ हजार रुपैयाँ प्रदान गरिसकेको छ । 


गत कार्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहार उद्घाटन गरेकी थिईन । लुम्बिनी विकास कोषको गुरुयोजनामा नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो ।


बौद्ध धर्म संघका अध्यक्ष प्रा. डा. बज्राचार्यले, शुभ कार्यका लागि दही ग्रहण गरेजस्तै महानगरले दिएको सहयोग रकम आफ्ना लागि सगुन भएको उल्लेख गरे ।

 
महानगरको सहयोगबाट ३ सय ७२ बर्षअघिको निर्माण सम्बन्ध जोडिएको उनले सुनाए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD