१४ बैशाख २०८१, शुक्रबार
Header

बजेटमा असन्तुष्टि नपोख्न नेकपा संससदलाई प्रधानमन्त्री ओलीको निर्देशन


प्रकाशित: शनिबार, २ असार २०७५, १३ः५६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि नपोख्न आफ्ना संसदहरुलाई निर्देशन दिएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री ओलीले बजेटमा असुन्तष्टि भए संसदमा हैन पार्टी नेतृत्वलाई भन्न आग्रह गरेका छन् ।

 
पछिल्लो समय संसदमै नेकपा संसदले बजेटको आलोचना गर्न थालेपछि प्रधानमन्त्री ओलीले सो विषयमाथि चर्चा गरेका थिए । उनले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएको हो ।

 
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतासहित सहभागी बैठकमा करीब ५० सांसदले बोल्नका लागि नाम टिपाउनुभएको बुझिएको छ ।

 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD