१६ चैत्र २०८०, शुक्रबार
Header

बजारमा मासुको भाउ महँगिएपछि सरकार अनुगमनको तयारीमा 


प्रकाशित: शुक्रवार, १० साउन २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । बजारमा अस्वभाविक रुपमा मासुको भाउ बढेपछि सरकार अनुगमनको तयारीमा लागेको छ । 


खसी तथा कुखुराको मासु एक महिना यता अचानक रुपमा बृद्धि भएपछि सरकार मूल्य बृद्धिको कारण खोजीमा लागेको छ । 


काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेपछि उपभोक्ता ठगीमा परेको देखिएको छ । 


वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार व्यवसायीहरुलाई मासुको अकासिएको मुल्यबारे छलफल गर्न बोलाएको नेपाल मासु व्यवसायी संघका द्वितीय उपाध्यक्ष खड्गीले बताएका छन । 


विभागका महानिर्देशक योगेन्द्र गौचनले मासुको मूल्यवृद्धिप्रति विभागको गम्भीर ध्यानाकर्षण बताउँदै व्यवसायीले कालोबजारी गरेको पाइए कडा कारबाही गरिने उनले चेतावनी समेत दिएका छन । 


उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकार निरीह भएको फाइदा उठाउँदै व्यापारीले कालोबजारी गरेर उपभोक्तालाई मारमा परेको बताएको छ । 


थोक र खुद्रा मासु व्यवासायीहरुको कुराको तालमेल देखिएको छैन । थोक विक्रेताका अनुसार बजारमा कुखुराको मासु प्रतिकिला ३५० रहेको छ तर खुद्रा व्यवसायीले भने ४५० मा विक्री गरेर बजार मुल्य विगारेको आरोप लगाएको छ । 


उपाध्यक्ष खड्गीका अनुसार बजारमा खसीको मासुको थोक मूल्य १२५० रहेको छ । उनका अनुसार बजारमा खसी भनेर बाख्री तथा पाठोको मासु विचविखन समेत हुन गरेको छ । 


खड्गीका अनुसार अहिले नेपालमा आयात हुने खसीमा सरकारले कडाइ गरेपछि मूल्य आकाशिएको हो । 


राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार असार महिनामा मात्रै कुखुराको मासुको मूल्य चारपटक बढेपछि सरकारी चासोसँगै उपभोक्ताहरु पनि मुल्यबृद्धिलाई लिएर अचम्मित भएका छन । 


कुखुरको मासुको मूल्यबृद्धिको कारण बर्डफलूको केही समय अघि बजारमा कुखुरा मासु विक्री वितरणमा कमी आएको थियो तर अहिले वर्डफलूको हल्ला सकिएपछि हवात्तै मूल्यमा बृद्धि भएको व्यवसायीहरुको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD