२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बजारमा आयो ‘रोमियो, निकनक र ज्याकपट’ ब्राण्डमा तयारी चाउचाउ


प्रकाशित: आईतबार, १० भाद्र २०७५, ०९ः३१ बजे
- महानगरखबर

काडमाडौं । बजारमा आईतबारदेखि ‘रोमियो, निकनक र ज्याकपट’ ब्राण्डमा तीन तयारी चाउचाउ आएको छ । काबरा ग्रुपले ल्याएको यी चाउचाउहरु शाकाहारी र चिकेन स्वादमा निकालिएको हो  । 


मोरङको बुढीगङ्गा गाउँपालिकामा स्थापित क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिले सो चाउचाउ उत्पादन गरेर ल्याएको हो । ग्रुपका संरक्षक ९२ वर्षीय गणपतलाल काबराले शनिबार साँझ चाउचाउको औपचारिक उद्घाटन गरेपछि बजारमा अब यी चाउचाउ पाईने भएको छ । 


सञ्चालक श्याम काबराका अनुसार ७० ग्रामको पाकेटमा निकालिएको ‘रोमियो’ चाउचाउको उपभोक्ता मूल्य १५ रुपैयाँ राखिएको छ भने ५५ ग्रामको ‘ज्याकपट’ को मुल्य र १० रुपियाँ राखिएको छ । 


त्यसैगरी ४५ ग्रामको ‘निकनक’ ब्रान्डको चाउचाउ उपभोक्ता मूल्य पनि १० रुपैयाँ नै राखिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex