१३ बैशाख २०८१, बिहिबार
Header

बजाजको दशैं अफर, दशौ लाखको नगर पुरस्कर


प्रकाशित: मंगलावर, ८ भाद्र २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । दशैंको अवसरमा बजाज मोटरसाइकल खरिदमा लाखौको नगद पुरस्कारको अफर ल्याएको छ । 


आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “बजाज खुसी को ३ डोज” योजना सार्वजनिक गरेको हो । 


दशैंको समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने , खुसीका साथ  उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्ने योजना ल्याएको छ । 


कम्पनीका अनुसार ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले,, किन्ने बेलामा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन ।  । 


ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले रु १०,०००/– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १,००,०००÷\/– सम्मको नगद मूल्य प्राप्त गर्न सक्छ्न र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १०,००,०००/–  को नगद पुरस्कार प्राप्त गर्न सक्दछन ।


कम्पनीका  प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउने गरेको बताए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD