१५ बैशाख २०८१, शनिबार
Header

बचतकर्ताको रकम ठगी आरोपमा सिभिल सहकारीका अध्यक्षसहित १२ जना पक्राउ


प्रकाशित: मंगलवार, १९ असोज २०७८, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जना पक्राउ परेका छन । 


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)का अनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको हो । 


काठमाडौंको सोल्टीमोडस्थित उक्त सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, प्रबन्धक सहजकर्ता भगवानबहादुर सिंह, जुनियर असिष्टेन्ट म्यानेजर मायोनानी महर्जन र एलिना तुलाधर पक्राउ परेका छन ।

 
त्यसैगरी जुनियर अधिकृत शङ्करप्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभकेतन ढुङ्गाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 


ब्यूरोको अनुसार १३७ बचतकर्ताले उक्त को–अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कूल रु ७० करोड ८७ लाख १३ हजार ८३१ सङ्गठितरुपमा सहकारी ठगी गरेको प्रहरीले मुद्दा अघि बढाइएको छ ।


प्रहरीका अनुसार उनीहरुले सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसुर गरेको देखिन आएकाले बचतकर्ताको निक्षेपसमेत जोखिममा परेको छ ।


उक्त सहकारीका सदस्यले बचत तथा मुद्दती खातामा जम्मा भएको रकम निकाल्न पटकपटक ताकेता गर्दा उपलब्ध नगराई ठगी गरेको अनुसन्धानबाट खुलेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD