५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बखुण्डोलका प्रभावित घरधनीहरुलाई सम्बोधन गर्न एक करोडको रयापिड रिलिफ फण्डको स्थापना


प्रकाशित: आईतवार, २६ चैत्र २०७९, १९ः२० बजे 
- महानगरखबर

काठमाडौं । ललितुपुरको बखुण्डोलमा जमिन भासिएपछि प्रभावित भएका घरधनीहरुलाई सम्बोधन गर्न एक करोडको रयापिड रिलिफ फण्ड स्थापना गरिएको छ ।


आईतवार समिट अर्पाटमेन्टका प्रतिनिधि र सरोकार तथा प्रभावित व्यक्तिहरुविच भएको भेलाले सो फण्ड स्थापना गरि समस्या समाधान गर्न एक सहमति कायम भएको छ । 


सो भेलाले प्रभावित घरधनीहरुलाई सम्बोधन गर्न १२ बुँदे सम्झौता गरेको छ । 


ललितपुर महानगरपालिका वडा १ र २ अन्तर्गत पर्ने बखुण्डोलस्थित शनिवार जमिन भासिएपछि समिट अपार्टमेन्टसँग जोडिएका घरहरु जोखिमा परेको छ । 


२ वटा घर भत्किएका छन भने अन्य ६ वटा घर अझै जोखिममा रहेको छ ।


सो घट्ना बाहिर आएपछि सरोकारवालाहरुको भेलाले प्रभावितहरुलाई सम्बोधन गर्न एक समिति समेत गठन गरेको छ । 


समितिमा ललितपुर उपमहानगरकी उपप्रमुख संयोजक, सदस्यहरुमा महानर प्रवक्ता, ललितपुर महानगरका वडा १ र २ का वडा अध्यक्ष, अधिकृत प्रतिनिधि जिल्ला प्रशासन कार्यलय ललितपुर, संचित श्रेष्ठ (प्रतिनिधि होटल व्यवस्थापनको तर्फबाट ), प्रतिनिधि ३ जना, प्रभावितको तर्फबाट रन्जन ध्यवज विष्ट, रचना शाही, प्रविन आचार्य लगायत छन । 


समितिले प्रभावितका लागि तयार पारिएको १२ बुँदे सहमतिको कार्यन्वयन गराउने छ । 


सहमति अनुसार समितिले आवश्यक अनुसार सो फण्डको परिचालन, व्यवस्थापन गर्ने, भत्केका संरचना, चर्केका घर लगायतका प्रभावित संरचनाहरुको क्षति बमोजिमको क्षतिपूर्ति व्यवस्थापन गर्ने लगायत छन । 
प्रभावितहरुको समस्या सम्बोधन नभएसम्म हाल निर्माण संरचना रोकिने सहममतिमा उल्लेख छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex