१४ बैशाख २०८१, शुक्रबार
Header

बंगलादेश र माल्दिभ्समा पनि कोरोना


प्रकाशित: सोमबार, २६ फागुन २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । र्साक राष्ट्र बंगलादेश र माल्दिभ्समा पनि कोरोना (कोभिड–१९) देखा परेको छ । 


विश्वव्यपी फैलदै आएको आएको कोराना पछिल्लो समय नेपाल, भारत पछि यी दुई देशमा देखिएको हो । 


बंगलादेशमा तीन जनामा कोभिड–१९ को संक्रमण भेटिएको छ भने माल्दिभ्समा चार जनामा देखिएको छ । 


बंगलादेशका इपीडीयीमियोलोजी, रोग नियन्त्रण तथा अनुसन्धान संस्थान वा आईईडीसीआरका निर्देशक मेरजाड्डी साब्रिना फ्लोराका अनुसार दुई जना पुरुष र एक महिलामा कोरोनाको संक्रमण देखा परेको पुष्टि भएको छ । 


यस्तै माल्दिभस्मा पनि सान्डीज रिसोर्टका दुई जनामा कोरोनाको संक्रमण भेटिएसँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या चार पुगेको हो ।


यसअघि कुरेदु टापु रिसोर्टका दुई जना कर्मचारीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको त्यहाँका स्वास्थ्य मन्त्री अब्दुल्ला आमेनले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । 


सार्क राष्ट्रहरुमध्ये भारतमा सबैभन्दी बढी देखिएको छ । छिल्लो आंकडा अनुसार भारतमा ४३ जनामा कोरोना देखा परेको छ । उनीहरू मध्ये चार जना निको भइसकेका छन् भने ३९ जना आइसोलेसनमा राखिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD