काठमाडौं । बंगलादेशलाई २–१ हराउँदै नेपाल बन्यो समूह ए बिजेता बन्न सफल भएको छ ।
विहिवार साफ यु–२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको हो ।
नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे । नेपाल र बंगलादेश यसअघि नै सेमिफाईनल प्रवेश गरिसकेका थिए ।
नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो ।
च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेलमा भारत र माल्दिभ्सबीच खेल हुनेछ ।
Categorized in मनोरन्जन