२७ बैशाख २०८१, बिहिबार
Header

बंगलादेशमा शेख हसिनाको चौथो पटक जित


प्रकाशित: सोमवार, २३ पुस २०८०, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । बंगलादेशमा भएको संसदीय निर्वाचनमा बर्तमान प्रधानमन्त्री शेख हसिनाको जित भएको छ । 


हसिनाको यो चौथो पटक जीत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । 


आइतवार भएको २९९ मा निर्वाचन क्षेत्रमा हसिनाको अवामी लिगले २२३ सिटमा जित हात पारेको छ । 


बंगलादेशको प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी(बीएनपी)को चुनाव बहिष्कारका बाबजुत पनि निर्वाचन भएको हो । 


पूर्वप्रधानमन्त्री तथा बीएनपी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको अभियोग लगाइएको छ । बिरामी अवस्थामा रहेकी उनी हाल निवासमा नजरबन्दमा रहेका छन ।


उनको दलका कार्यकर्तामाथि मुद्दा लगाइएको छ । हसिनालाई तानाशाह बन्ने बाटो मात्र भएको आलोचकहरूले दाबी गरेका छन ।


आइतवार सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू ६१ क्षेत्रमा विजयी हुँदा बंगलादेशी संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको जातीय पार्टीले ११ सिटमा जित हात पारेको छ । 


बंगलादेशका निर्वाचन अधिकारीहरूका अनुसार करिब ४० प्रतिशत मत खसेको छ । 


हसिना पहिलो पटक सन १९९६ मा बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन । त्यसपछि २००९ मा उनी पुनः प्रधानमन्त्री बनिन । त्यसयता लगातार उनी बंगलादेशी सत्तामा रहेकी छिन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD