काठमाडौं । भारत निर्वासित बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध हत्याको मुद्दा दर्ता भएको छ ।
विद्यार्थीहरूको आन्दोलनका क्रममा जुलाई १९ मा ढाका डिग्री कलेजका विद्यार्थी इस्लाम रोजनका दाइ मोहम्मद राजिवले हसिनासहित अन्य २३ जनाविरूद्ध ढाकाको अदालतमा हत्याको मुद्दा दायर गरेका हुन ।
आन्दोलनमा इस्लाम रोजनको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो ।
उक्त मुद्दामा हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमन खान, अवामी लिगका पूर्व महासचिव ओबेदल कादर, पूर्व कानुनमन्त्री अनिसुल हक, पूर्व प्रहरी महानिरीक्षक चौधरी अबदुल्लाह अल मामुन, ढाकाका पूर्व प्रहरी प्रमुख लगायत २३ जनालाई प्रतिवादी बनाइएको छ ।
मुद्दामा प्रारम्भिक सुनुवाइपछि मजिस्ट्रेटले उजुरीकर्ताको बयान लिई काफ्रुल प्रहरी चौकीका इन्चार्जलाई पहिलो सूचना प्रतिवेदन (एफआईआर) दर्ता गर्न भनेको छ ।
कोटा प्रणाली सुधारको माग गर्दै बंगलादेशमा विद्यार्थीहरूले एक महिनासम्म चलेको आन्दोलमा विद्यार्थीमाथि हसिनाको निर्देशनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गर्दा चार सयभन्दा बढीको मृत्यु भएको थियो ।
थप बल प्रयोगगका लागि सेनाले अस्वीकार गरेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा देश छाडेकी थिइन ।
Categorized in अन्तर्राष्ट्रिय