७ जेठ २०८१, सोमबार
Header

बंगलादेशमा चुनवाी हिंसामा १२ जनाको मृत्यु


प्रकाशित: आईतबार, १५ पुष २०७५, १८ः४५ बजे
- महानगरखबर

काठमाडौं । बंगलादेशमा आईतबार भएको आमनिर्वाचनको क्रममा भएको चुनावी हिंसामा १२ जनाको मृत्यु भएको छ । 


प्रधानमन्त्री शेख हसिना ऐतिहासिक चौथो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा रहेकी छिन् । 


प्रहरीको कारबाहीमा तीन जनाको मृत्यु भएको छ भने सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीचको झडपमा थ आठ जनाको मृत्यु भएको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएको छ । 


प्रहरी अधिकारीहरुका अनुसार एकजना प्रहरी जवानको विपक्षी दलका कार्यकर्ताले गोली चलाउँदा मृत्यु भएको छ । 


स्थानीय समय अनुसार मतदान अपराह्न चार बजेसम्म भएको थियो । चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान गरेका छन । यस चुनावमा विजयी भए शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्नेछिन् । 


हसिनाले विपक्षी नेतृ एवं पूर्व प्रधानमन्त्री खालेदा जियालाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल पठाएको छ । 


चुनाव हुनुअघि हसिनाको अवामी लिग र खालेदा जियाको बीएनपीका समर्थकहरुबीच हिंसात्मक झडपहरु भएका थिए । चुनावमा झण्डै छ लाख सेना र प्रहरी परिचालन गरिएको थियो । देशभर करिब ४० हजार मतदान स्थल राखिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD