२७ बैशाख २०८१, बिहिबार
Header

फ्लाविया महर्जनले जितिन ‘मिस इको इन्टरनेसनल नेपाल २०२४’को उपाधि


प्रकाशित: शनिवार, २१ पुुस २०८०, १९ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौंकी फ्लाविया महर्जनले ‘मिस इको इन्टरनेसनल नेपाल २०२४’को उपाधि जितेकी छिन । 


उपाधि गत बर्षकी बिजेता रक्षा उप्रेतीले महर्जनलाई ताज लगाइदिएकी थिइन । उपाधि जितेपछि बोल्दै महर्जनले यो ब्युटी पेजेन्ट आफ्ना लागि राम्रो अवसर भएको बताइन ।


२१ बर्षिया सुन्दरीले इजिप्टमा आयोजना हुने मिस इको इन्टरनेसनलको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्नेछिन ।


महर्जनले नेपालका संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने बताइन । 


आयोजक ग्रीन आर्टस मिडियाका कार्यकारी अधिकृत प्रवीण लाकौलले महर्जनले ‘मिस इको इन्टरनेशनल’मा नेपालको नाम राखेर फर्किने आशा व्यक्त गरे ।


आगामी फेब्रुअरीमा आयोजना हुने प्रतिस्पर्धामा ६० भन्दा बढी मुलुकका सुन्दरीको सहभागिता हुनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD