१६ चैत्र २०८०, शुक्रबार
Header

फ्रान्समा महंगीविरुद्ध चलेको आन्दोलनलाई राष्ट्रपतिले गरे सम्बोधन


प्रकाशित: मंगलवार, २५ मंसिर २०७५, ०८ः४५ बजे
- महानगरखबर

काठमाडौं । पेट्रोलियम पदार्थको आन्दोलनले हिंसात्मक रुप लिएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरेको छन् । 


राष्ट्रपति टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै उनले सन २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेका हुन । म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन । 


कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले बताएका छन । 


ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन । रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन ।


सम्बोधनमा उनले अबदेखि फ्रान्सका सबै क्षेत्रका मेयरहरुसँग भेट्ने र जनताका समस्या बुझेर समाधानको पहल गर्ने आश्वासन समेत दिए ।


इन्धनमा लगाइएको करले अत्यधिक मूल्य वृद्धि भएको र त्यसको मारमा सर्वसाधारण जनता परेको भन्दै फ्रान्समा विगत चार हप्तादेखि सरकारविरुद्ध आन्दोलन जारी छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD