५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

फ्याफुला डाँडामा बलेरो जीप दुर्घट्ना हुँदा ५ को निधन


प्रकाशित: शुक्रबार, २९ असार २०७५, ०९ः५१ बजे
- महानगरखबर

काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना हुँदा ५ जनाको निधन भएको प्रहरीले जनाएको छ ।

 
पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेस्थित सो डाडामा मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ हिडेको थियो ।

 
निधन हुनेहरुमा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन ।


बोधोम र सुनमायाको उपचारको लागि लैजाँदै गर्द र अन्यको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
सो जीपको चालक गम्भिर अवस्थामा रहेको छ भने अन्य घाइतेहरुलाई काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको लागि पठाइको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex