१५ बैशाख २०८१, शनिबार
Header

फौहरमैला ठेक्का प्रथाको अन्त्यको माग राख्दै प्रमुख शाक्यलाई कर्मचारीको पत्र


प्रकाशित: सोमवार, २० पुष २०७७, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । युनियन महानगर इकाईले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यसँग फोहोरमैला ठेक्का प्रथाको अन्त्यको माग राखेका छन ।


युनियनले सोमवार प्रमुखसँग भेटी ५ बुँदे माग पत्र बुझाएका छन । माग पत्रमा फोहोरमैला व्यवस्थापनमा ठेक्का प्रथाको अन्त्य, कर्मचारी समायोजन, अस्थायी र करार कर्मचारीको स्थायित्व, संगठन संरचनाका लागि अध्ययन तथा अनुसन्धानका आधारमा काम र पदसोपानलगायतका बुँदा समेटिएका छन ।


माग पत्र बुझाउने क्रममा युनियन इकाईका अध्यक्ष शिवजी भट्टराईले स्थानीय सेवामा रहेका कर्मचारीको समयोजन गरिदिएर प्रोत्साहित गरिदिन आग्रह गरेका छन । 


त्यसैगरी,सफाइ श्रमिक संघका अध्यक्ष योगेश के. सी. ले फोहोर व्यवस्थापनका काम निजी क्षेत्रमा जाने हल्लाले आफूहरुको पेशामा असुरक्षा महसुस भएको बताएका थिए । 


प्रमुख शाक्यले सभा गृहमा स्थानीय तह कर्मचारी युनियन नेपाल, नेपाल सफाई श्रमिक संघ र नेपाल यातायात मजदुर संघले कर्मचारी समायोजनलगायतका विषयमा दिएको माग पत्र बुझेका थिए । 


प्रमुख शाक्यले माग पत्र बुझेपछि भने, ‘कर्मचारीबाट साथ पाएको छु ।  तर मेरो लक्ष्य पूरा गर्न अझै सक्रियताको अपेक्षा गरेको छु ।कार्यालयमा नयाँ कर्मचारी भर्ना गरिएको छैन । सरसफाइलगायत कुनै पनि सेवाका कर्मचारीलाई सेवाबाट बञ्चित हुने वातावरण आउन दिन्न । म निर्वाचित भएर आएपछि कुनै पनि कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिइएको छैन ।’


माग पत्र बुझाउने क्रममा केन्द्रीय अध्यक्ष नरबहादुर साउद, महासचिव रामप्रसाद पौडेल, कोषाध्यक्ष बाबुकृष्ण पाठकसहितका पदाधिकारी सहभागी रहेका थिए । 


प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई समेत उनीहरुले माग पत्र बुझाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD