४ भाद्र २०८३, बिहिबार
Header

फोहोर व्यवस्थापन गर्न नदिने चलखेलः प्रमुख शाह, बञ्चरेडाँडाम फोहोरको गाडी तोडफोड (तस्वीरहरु)


प्रकाशित: मंगलवार, २४ साउन २०७९, १५ः२० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह –बालेन)ले हिजो बञ्चरेडाडामा भएको फोहोर गाडी तोडफोडबारे प्रतिक्रिया दिएका छन ।


उनले यो घट्ना फोहोर व्यवस्थापन गर्न नदिने चलखेल भएको बताएका छन । 


‘यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’ उनले भने,‘ कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ ।’


उनले केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने बताएका छन ।  

 


विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि गर्न नहुने प्रमुख शाहले बताएका छन । 


बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी तोडफोड भएको हो । सोमबार राति बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी र डोजर केही व्यक्तिले तोडफोड गरेको छ । 


काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार सिसडोल(बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो। जम्मा १७ वटा गाडी तोडफोड छ । 

 


तस्वीरहरुः बालेन शाह/फेसबुक

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex