२४ बैशाख २०८१, सोमबार
Header

फोहोर व्यवस्थापनको संयोजन सहरी मन्त्रालयले गर्ने


प्रकाशित: मंगलवार, १९ भाद्र २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । फोहोर व्यवस्थापनको जिम्मेवारी सहरी विकास मन्त्रालयललाई दिने तयारी गरिएको छ ।


फोहोर व्यवस्थापनमा पछिल्लो समय संघीय, प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेपछि मन्त्रालयलाई फोहोर व्यवस्थापनको जिम्मेवारी र संयोजन गर्ने व्यवस्था गर्न लागिएको हो । 


प्रधानमन्त्री पुुष्पकमल दाहालले यस प्रस्तावलाई मन्त्रिपरिषदमा लगेर छलफल गर्ने भएको छ । 


काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको भेटघाट र छलफलको छ । 


प्रधानमन्त्रीले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताए ।


काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएकोमा आगामी असोज १ गतेदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको छ । 


सो विषयमा गत शनिवार नुवाकोटका सांसद र बञ्चरेडाँडाका जनप्रतिनिधिहरुको टोलीले फोहोर फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा कुराकानी भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD