२७ बैशाख २०८१, बिहिबार
Header

फोहोर गरेको भन्दै राप्रपालाई महानगरले तोक्यो जरिवाना


प्रकाशित: शुक्रवार, ७ बैशाख २०८१, २०ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको क्रममा फोहोर गरेको भन्दै जरिवाना तोकेको छ । 


महानगरले राप्रपालाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना वैङ्क दाखिला गर्न पत्र पठाएको छ । 


स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकी पत्र पठाएको हो । 


राप्रपाले गत चैत २७ गते काठमाडौंमा संघीय गणतन्त्रको खारेजी माग गर्दै बृहत प्रदर्शन गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD