१४ बैशाख २०८१, शुक्रबार
Header

फोहर व्यवस्थापन वातावरण मैत्री होसः प्रमुख शाक्य


प्रकाशित: आईतबार, २ चैत्र २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यको फोहर व्यवस्थापन बातावरणमैत्री हुनु पर्ने बताएका छन ।


प्रमुख शाक्यले फोहोर उत्पादन, ढुवानी र अन्तिम व्यवस्थापनका हरेक चरणलाई वातावरणमैत्री र जनस्वास्थ्य मैत्री बनाउन आग्रह गरेका छन ।


फोहोरलाई आय आर्जनको श्रोतका रुपमा रुपान्तरण गरेर घरेलु फोहोरको दिगो समाधान खोजी गरिरहेको पनि महानगरका शाक्यले बताए ।


प्रमुख शाक्यले शुक्रवार सिसडोल ल्याण्डफिल्ड साइट र आसपासको जमिन उपयोगका बारेमा इञ्जिनियरिङ् अध्ययन तथा अनुसन्धान प्रा. लि. ले तयार पारेको प्रतिवेदन बुझ्दै सो कुरा बताएका हुन ।  


भू—वातावरण इञ्जिनियर डा. ढुण्डीराज पाठकले श्रोत परिचालनसँगै फोहोरको दिगो व्यवस्थापनका लागि जमिनको व्यवस्थापकीय एवं पर्यावरणीय सुधारका बिषय सुझाव दिइएका थिए । 


नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्याण्डफिल्ड साइटको वातारणीय प्रभाव मुल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदनलाई आधार बनाएर प्रतिवेदनमा सुझावहरु समेटिएका छन । 


फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी र बञ्चरेडाँडामा १७९२ रोपनी जग्गा छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD