७ बैशाख २०८१, शुक्रबार
Header

फोर्ड नेपालको नयाँ फिगो २०२१ सार्वजनिक 


प्रकाशित: आईतवार, १७ साउन २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । फोर्ड नेपालले स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । 


६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ ले ९६ शक्ति उत्सर्जन गर्ने कम्पनीले दाबी गरिएको छ ।

 
दुई वटा टाइटेनियम र टाइटेनियम प्लस मोडलको फिगोको मूल्य क्रमशः ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । 


सार्वजनिक गरिएको फिगो अधिक सुरक्षा सुविधा र ६ एयरब्याग, ट्र्याक नियन्त्रण प्रणाली (टीसीएस) र हिल प्रक्षेपण सुविधा(एचएलए) का साथ उपलब्ध छ । 


१ लाख किलोमिटर, ३ वर्षे वारेन्टी र न्यून मेन्टेनेन्स खर्चका साथ उपलब्ध रहेको फिगो वर्षा सेन्सर वाइपर, अधिक सुविधाका लागि इलेक्ट्रोक्रोमिक आइआरभीएम, उत्कृष्ट सुविधाका लागि ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणली र साइड कर्टेन एयरब्याग, स्टान्डर्ड डबल फ्रन्ट एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षाका लागि अति उत्कृष्ट सेफ्टी सुविधा रहेको कम्पनीले बताईएको छ ।


यो गाडी डाइमन ह्वाईट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाईट गोल्ड कलरहरुमा उपलब्ध रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD