१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

फोनिज काठमाडौं जिल्लाको सातौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन


प्रकाशित: सोमवार, ७ माघ २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को काठमाडौं जिल्ला शाखाको ७ औं अधिवेशन सम्पन्न भएको छ । 


आइतवार काठमाडौंमा सम्पन्न अधिवेशनबाट भीम बहादुर लामाको अध्यक्षमा १३ सदस्यी नयाँ कार्यसमिति निर्वाचित भएको छ ।  


फोनिजको उपाध्यक्षमा सुदिना श्रेष्ठ, सचिवमा रत्नकाजी महर्जन , कोषाध्यक्ष दीपा सुनुवार, सह–सचिव(महिला)मा नितु डंगोल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।


यसैगरी फोनिज काठमाडौं शाखाको सदस्यहरूमा संस्थागतर्फ अजय खड्गी र पासा काजी शेर्पा, खुल्लातर्फ वेदबहादुर गुरूङ र किचः सिंह डंगोल निर्वाचित भएका छन् ।


महिला सदस्यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर र अन्जना राई निर्वाचित भएका छन । 


फोनिजले जिल्ला अधिवेशनबाट संघीय र बागमती प्रदेश प्रतिनिधिहरू समेत निर्वाचित गरेको छ । संघीयतर्फ ७ महिला र १३ खुल्ला गरी २० जना तथा प्रदेशतर्फ ९ महिलासहित २० गरी २६ जना निर्वाचित गरेको छ ।


संघीय प्रतिनिधितर्फ पूर्ण भक्त दुवाल, गंगादेवी महर्जन (महिला), मिक्साङ वाइबा तामाङ (महिला), यशोदा भुजेल (महिला), हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्र भक्त श्रेष्ठ, अर्जुन बहादुर तामाङ, लाल कुमार मोक्तान, सहदेव चौधरी, शुशिला तामाङ (महिला), अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, विगेन तुलाधर, पुप्रिया राई (महिला), मन्जु तामाङ (महिला),निशा तामाङ (महिला) र दिलिप तामाङ निर्वाचित चुनिएका छन् ।


यस्तै प्रदेश प्रतिनिधितर्फ उदेन न्हुसामी, विमला मानन्धर (महिला), सरस्वी श्रेष्ठ सरू (महिला),मिङ्मा लामा (महिला), सबिका श्रेष्ठ (महिला), मनमाया स्याङ्बो (महिला), अनिता डंगोल (महिला), सुरज मानन्धर,एलबी सागर, प्रदीप कुमार श्रेष्ठ, हिरो लोपचङ, तेज नाछिरिङ राई, दसीराम थारू, मनोज रत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनुवार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महजर्न, प्रजित शाक्य, हेमप्रकाश राई, श्याम लामा र प्रेम लामा निर्वाचित भएका छन् ।


अधिवेशनपछि काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारी, संघीय तथा बागमती प्रदेश प्रतिनिधिहरूलाई रेडियो नेपालका कार्यकारी निर्देशक एवं फोनिजका संघीय उपाध्यक्ष  अमरध्वज लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।


शपथपछि काठमाडौं शाखाका नवनिर्वाचित अध्यक्ष भीमबहादुर लामाले आदिासीजनजाति पत्रकारहरूको हकहितका लागि आफू सधैं दत्तचित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

20 January 2025, Monday

asteriskhubs
Home Page Bottom Second


maharjan complex