काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) नेतृत्वमा फोटो पत्रकार प्रदिपराज वन्त पुनः अध्यक्षमा चयन भएका छन ।
काठमाडौंमा आइतवार सम्पन्न एनएफपिजेको २७ औं साधारणसभा तथा १३ औं अधिवेशनले वन्तको नेतृत्वमा १५ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सनिल शर्मा चयन भएका छन भने उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविण कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ छन ।
समूहको केन्द्रीय सदस्यहरुमा अनुप प्रधान, सागर बस्नेत, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, मुकुन्द कालिकोटे, शुशिलकुमार श्रेष्ठ चयन भएका हुन ।
Categorized in प्रबिधि