काठमाडौं । सोसल साईट फेसबुकको डाटा दुरुपयोगबाट ९ करोड मानिस प्रभावित भएको फेसबुकले स्वीकारेको छ ।
राजनीतिक पार्टीलाई डाटा कलेक्सन गरी सुझाव दिने संस्था कैम्ब्रिज एनालिटकले करिब ८.७ करोड मानिसको जानकारी प्रयोग गरेको अधिकारीहरुले वताएका छन् ।
बिबिसीका अनुसार बेलायातका ११ लाख मानिसको गोप्य जानकारी चोरिएको छ । फेसबुकका तत्कालिन मुख्य कार्यकारी अधिकारी माईक श्रोएफरको ब्लगबाट यी जानकारीहरु बाहिर आएको हो ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले ११ अप्रिलदेखि यस बिषयमा बयान दिनुपर्ने भएको छ ।
बेलायतमा मुख्यालय रहेको कैम्ब्रिज एनालिटकले धैरै बर्षदेखि यसरी फेसकुम प्रयागकर्ताहरुको डाटा गलत प्रयोग गरेपनि हाल सबै डिलिट गरिदिएको आश्वसन दिएको पनि चैनल फोरका अनुसार अझै पनि जानकारीहरुको प्रयोग गरिरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय