२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

फेसबुकसहित यी समाजिक सञ्जाल आजैबाट बन्दै हुँदै 


प्रकाशित: शुक्रवार, १९ भाद्र २०८२, १५ः५० बजे
- महानगरखबर

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता तथा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई आज बाट बन्द गर्ने निर्णय गरेको छ ।


सरकारका प्रवक्ता समेत रहेका मन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।


यसअघि २०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको थियो ।


तर सो अवधिसम्म ठूला प्लेटफर्मले दर्ता प्रक्रिया पूरा नगरेपछि मन्त्रालयले बन्द गर्ने निर्णय गरेको हो । 


‘सूचीकरण नभएका सामाजिक सञ्जालहरु आजदेखि क्रमशः बन्द हुँदै जानेछन,’ सञ्चारमन्त्री गुरुङले भने ।  उनका अनुसार दर्ता प्रक्रियामा आएका वा सूचीकरणमा भइसकेका प्लेटफर्म भने सञ्चालनमा रहनेछन । 


हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन । साथै टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा रहेका मन्त्रालयले जनाएको छ । 


बाँकी फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायतका प्लेटफर्म भने नेपालमा बन्द हुनेछन । 


सामाजिक सञ्जालको दुरुपयोग बढेपछि तत्कालीन मन्त्री रेखा शर्माले २०८० सालमा “सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका” ल्याएकी थिइन । 


उक्त निर्देशिकाअनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले दर्ता भई अनुमतिपत्र लिनुपर्ने, हरेक तीन वर्षमा नवीकरण गर्नुपर्ने र सूचीकरण नभएकालाई जुनसुकै बखत बन्द गर्न सकिने व्यवस्था गरिएको छ । 
सरकारले २०८२ वैशाखमै प्लेटफर्मलाई सूचीकरण हुन भनेको थियो । 
तर ठूला सामाजिक सञ्जाल कम्पनीहरूले हालसम्म औपचारिक निवेदन नदिएकाले मन्त्रालयले सीधा कारबाही अघि बढाएको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex