११ बैशाख २०८१, मंगलबार
Header

फेसबुकले मिडियाको समाचार राखे पैसा तिर्ने


प्रकाशित: विहिवार, १३ फागुन २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफूले प्रयोग गर्ने समाचारका लागि पैसा तिर्ने भएको छ । 


आउने तीन वर्षमा फेसबुकले आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने जनाएको छ । फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ ।


अष्ट्रेलिया सरकारसँग फेसबुकले समाचार राखेबापत पैसा तिर्नुपर्ने कानुन बनाउन लागेको नियममा सहमति गरेपछि  फेसबुकले यस्तो निर्णय गरेको हो । 


फेसबुकले यसअघि नै फाइनान्सियल टाइम्स, द गार्डियनलगायतका मिडिया हाउसका समाचार प्रयोग गरेबापत पैसा तिर्दै आएको छ ।


अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक र गुगललगायत संस्थाले कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान छ ।


यस अघि अष्ट्रेलियामा फेसबुकले न्यूज फिडमा समाचार कन्टेन्टहरुमा प्रतिवबन्ध लगाएको थियो । अहिले भएको सहमितपछि न्यूज सेयरको सुविधा फेरी सुरु गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD