८ बैशाख २०८१, शनिबार
Header

फेसबुकले अष्ट्रेलियामा न्यूज कन्टेनमा प्रतिबन्ध लगायो


प्रकाशित: विहिवार, ६ फागुन २०७७, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । फेसबुकले अष्ट्रेलियामा न्यूज कन्टेनमा प्रतिबन्ध लगाएको छ ।


अष्ट्रेलियामा न्युज फिडमा समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको हो । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले न्यूज कन्टेनमा प्रतिबन्ध लगाएको छ । 


अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था गरेपछिको सोको फेसबुकले विरोध गरेको छ । 


फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको रिच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ । 


फेसबुकमा समाचार सेयर गरेर सन २०२० मा अष्ट्रेलियन मिडिया हाउसले ४०७ मिलियन अष्ट्रेलियन डलर कमाएको फेसबुकको दावी छ ।


गत जनवरीमा अष्ट्रेलियाको सिनेटमा भएको सुनुवाइका क्रममा फेसबुकले प्रस्तावित विधेयक कानुन भए आफूले अष्ट्रेलियाली प्रयोगकर्ताको न्युज फिडमा समाचार आउनै नदिने बताएको थियो ।


फेसबुकले समाचार बन्द गरेपछि मिडिया हाउसका समाचारमात्र होइन अन्य सरकारी निकायका सूचनाहरू पनि फेसबुकमा देखिन छोडेका छन्। अष्ट्रेलियाको मौसम विभागले मौसमसम्बन्धी जानकारी सोझै वेवसाइटमा गएर हेर्न भनेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD