८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

फेसबुकमा गालीगलौज गर्दा कलाकार प्रहरीको फन्दामा !


प्रकाशित: बुधबार, २७ भाद्र २०७५, ०८ः४२ बजे
- महानगरखबर

काठमाडौं । फेसबुकमा गालीगलौज गरेको आरोपमा कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ ।


कलकार संघका अध्यक्ष रामकेशर वोगटीलाई फेसबुकमा गालीगलौज गरेको भन्दै प्रहरीले खनाललाई नियन्त्रण्मा लिएको हो । 


उनलाई मंगलबार बिहान पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु लगिएको छोरा अभ्युदय खनालले बताए । 


केही बर्ष अघि देशभक्तले रामकेशरसँग खरिद गरिएको जग्गामा किचलो आएपछि रामकेशरलाई फेसबुकमा गालीगलौज गरेर फेसबुकमा लेखेका थिए । 


निजी गुठी मिसिएको जग्गा थाहा नदिई किनाएको भन्दै देशभक्तले रामकेशरविरुद्ध लेखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex